logo-img

हेमन्त शर्माले ल्याए ‘नम्बरी सुन हो नि म त’

गायक हेमन्त शर्माको नयाँ गीत ‘नम्बरी सुन हो नि म त’ सार्वजनिक भएको छ ।  

सार्वजनिक गीतमा हेमन्त र गायिका शान्तिश्री परियारको स्वर छ । मायाप्रेममा आधारित गीतमा युवायुवतीबीचको प्रेमिल भाव प्रस्तुत गरिएको छ । 

गीतको शब्द र संगीत हेमन्तकै हो । एरेन्ज कृष्ण विके (भान्जा) ले गरेका हुन् । भिडियोमा हेमन्तसहित डोना थापा मगर, जुना विश्वकर्मा, एरोन थापा मगरलगायतको अभिनय छ ।

मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोलाई बुद्ध थापा र टिमले छायांकन गरेको हो ।  भिडियोलाई अमृत चौलागाईंले सम्पादन गरेका हुन् । 





  • प्रकाशित मिति : माघ १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया