नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबैले इमानदारितापूर्वक मेहनत गरेमा नेपाललाई चाँडै आर्थिक रूपमा गतिशील बनाउन सकिने बताएका छन् । नेपालगन्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको प्रादेशिक महोत्सव उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
नेपालमा केही पनि भएन, राजनीतिक परिवर्तनले आर्थिक क्षेत्रमा केही रूपान्तरण ल्याएन भन्ने भाष्य सही नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गर्न सम्भव छ भन्ने सकारात्मक सोचसहित सबै मेहनतका साथ अघि बढ्ने हो भने नेपाललाई राजनीतिक र आर्थिक रूपमा गतिशील बनाउन सकिने बताए ।
आफूले प्रधानमन्त्रीको रूपमा चीन भ्रमण गर्दा एकैसाथ आठ वटा नाका सञ्चालन गर्ने सहमति गरेको जानकारी दिँदै संयुक्त राष्ट्रसङ्घको महासभा, कोप-२८ लगायतका अन्तर्राष्ट्रिय मञ्चमा गरिएका पहलबाट नेपालको आर्थिक कूटनीतिमा दीर्घकालीन महत्त्वका काम थालनी गरिएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।