logo-img

सरकारले गरेका कामबारे समीक्षा गर्दै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । बैठक अगाडि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले लामो  समयदेखि बस्न नसकेको बैठक आजदेखि प्रारम्भ भएको बताए ।  

आजको बैठकमा वर्तमान समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ । साथै, पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र प्रतिपक्ष दलहरूसँगको सहकार्य लगायतका विषयमा छलफल गरिने अध्यक्ष लिङ्देनले बताए ।

उनले  ठूला दुई दल मिलेर बनेको  सरकारले अहिलेसम्म के - के  गरेको छ त्यसको बारेमा समेत समीक्षा गरिने बताए । उनले भने, ‘लामो समयदेखि बस्न नसकेको बैठक आज प्रारम्भ हुँदै छ । यो बीचमा नेपाली कांग्रेस, नेकपा एमालेजस्ता दुई ठूला दल मिलेर सरकार बनेको पनि ६ महिना भन्दा बढी भइसकेको छ, यसको  विषयमा पनि समग्र रूपमा समीक्षा गरिनेछ । यो बीचमा जनतामा आशा जागृत हुनुपर्ने हो त्यसको बदला जनतामा घोर निराशा पैदा भएको छ ।’

यसैगरी बैठकमा अर्थतन्त्र शिथिल र कमजोर भएकोबारे छलफल गरिनेछ । महँगी चरम रूपमा बढेको छ, यतिबेला निर्माण सामग्रीको मूल्य वृद्धि भएको छ यसको  विषयमा पनि बैठकमा छलफल गरिने उनले बताए । राप्रपाले आज र शनिबार केन्द्रीय समिति बैठक गर्न लागेको हो । 





  • प्रकाशित मिति : माघ ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया