logo-img

अर्थसचिव भन्छन्- पपुलिजमको लागि मात्र पोलिसि घोषणा भए, लागू योग्य बनाऔँ

अर्थ मन्त्रालयका अर्थसचिव रामप्रसाद घिमिरेले कहिले काहीँ पपुलिजमको लागि मात्र पोलिसि घोषणा गर्ने नभएर लागू योग्य पनि बनाउनुपर्ने बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा पोलिसि राम्रो भयो तर लागू कमजोर भन्ने कुरा बारम्बार आउने गरेको भन्दै उनले पोलिसि शब्दमा मात्र राम्रो भएर त्यसलाई राम्रो भन्न नमिल्ने बताएका हुन् । 

उनले भने,‘लागू नहुनुमा कहीँकतै पोलिसिमा नै कमी भएको हो कि ? कहिले काहीँ पपुलिजमको लागि पोलिसि घोषणा भयो तर लागू हुन योग्य खालको भएन भने त्यो लागू नहुन सक्छ । त्यसैले पोलिसिको लागू पनि घोषणा पनि गर्नुपर्छ । त्यसमा हामी सजक छौँ । सामान्यतया बाहिर मानिसले भन्ने के हो भने नेपालमा पोलिसि राम्रो भयो तर लागू कमजोर भन्ने छ । पोलिसि शब्दमा मात्र राम्रो भएर त्यसलाई राम्रो भन्न मिल्दैन ।’

त्यस्तै उनले सरकारले घोषणा गरेको कुरालाई लागू पनि गर्नुपर्छ भन्ने कुरामा आफूहरू सजक रहेको भन्दै त्यसको निरन्तरताको प्रत्याभूति हुने गरी व्यवस्था गर्ने बताए । 



उनले भने,‘सहुलियतपूर्ण कर्जालाई अहिले हामीले घोषणा गर्न थालिसकेको छौँ । त्यसलाई हामी निरन्तरता दिन्छौँ । किनकि सरकारले घोषणा गरेको कुरालाई लागू गर्नुपर्छ भन्ने कुरामा हामी सजक छौँ । हामीले निरन्तरताको प्रत्याभूति हुने गरी व्यवस्था गर्छौँ ।’ 



  • प्रकाशित मिति : माघ ११, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया