नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को निर्वाचन आज हुँदैछ ।
नेतृत्व छान्न देशभरिका साढे २४ सय प्रतिनिधिले मतदान गर्दैछन् । उपत्यका विशेष प्रदेश र बागमती प्रदेशको मतदान काठमाडौंमा हुँदैछ ।
उपत्यका विशेष प्रदेशको विश्वभाषा क्याम्पस र बागमती प्रदेशको वाल्मीकि क्याम्पसमा हुनेछ । अरू प्रदेशको सम्बन्धित प्रदेशबाटै मतदान गर्ने व्यवस्था गरिएको छ ।
अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षका लागि मनोनयन दर्ता गरेका ६ जनामध्ये २ जनाले उम्मेदवारी फिर्ता गरेका छन् ।
अध्यक्षका लागि उपदेश यादव, सुदिन पौडेल, विजयप्रकाश सापकोटा र हेमन्त राई प्रतिस्पर्धामा छन् ।
यसअघि योगेन्द्र बुढा र विश्वमणि थापाले उम्मेदवारी फिर्ता लिएका थिए । महासचिवमा उम्मेदवारी दिएका १० जनामध्ये २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
अखिल क्रान्तिकारीमा एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ जना सचिव र एक कोषाध्यक्ष गरी ३३ पदाधिकारी, ४८ सदस्यीय सचिवालयसहित कुल ३१२ जना निर्वाचनबाट चयन हुनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।