logo-img

रारामा बढ्यो पाहुना चराको संख्या

मुगुको रारा तालमा पाहुना चराहरुको संख्या गत बर्ष भन्दा यस बर्ष बढेको छ । समुन्द्री सतहबाट दुई हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालमा भारत, मानसरोबर ,साईबेरिया लगायतका विभिन्न खाडी मुलुकबाट दर्जनौं प्रजातिका चराहरू यस बर्ष बढेका छन् ।

चराविदहरुका अनुसार रारामा पाइने चराहरु साइबेरिया लगायत विभिन्न देशहरूबाट मंसिर महिनाबाट आउन शुरु गर्छन् । यस बर्ष माघबाट हिउँ परेको हुँदा हिजोआज धमाधम हाँस, जलेवा, काला , खैरा, पहेलालगायत फरक फरक रंग भएका धेरै चराहरू रारामा देखिने गरेका छन् । ती चराहरू वैशाख महिनासम्म रारामा बस्ने त्यसपछि गर्मी बढेपछि मानसरोबर,  साइबेरिया जाने गरेका छन् ।

यस बर्ष पुस महिनामा रारामा डुङ्गा नचल्दा ,मानिसहरुको आगमन कम हुँदा पाहुना चरा बढेको स्थानीयको भनाइ छ । रारा राष्ट्रिय निकुञ्जको रेर्कड अनुसार विगतका वर्षमा रारा तालमा रमाउने पाँच  प्रजातिका तीन सय ४२ हाँसहरु रहेको देखिन्छ भने यसवर्ष चरा गणना अनुसार १५ प्रजातिका हाँस पाँचसय भन्दा बढी भेटिएको पाइन्छ ।

विशेषगरी राराको मिलीचौर, ओखरबोट, मिजार, दोफे, महादेव मन्दिर, आर्मी ब्यारेक क्षेत्रमा बढी हाँसहरू भेटिने गरेका छन् । रारामा विशेषगरी कमन कुट, खोया हाँस, मलाट हाँस, काले, खैरो, पहेले रङ्खका हाँसहरू रहेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।



 





  • प्रकाशित मिति : माघ १२, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया