logo-img

तीन संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?
फाइल तस्बिर

संघीय संसद्अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक आज बस्दै छन् ।

आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेका हुन् ।  

बिहान साढे ११ बजे बोलाइएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल गरिनेछ । 

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिनको १ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुँदैछ ।



यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आज बस्दैछ । बैठक बिहानको साढे ११ बजे समिति हलमा बस्दैछ । 

बैठकमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्याको सम्बन्धमा छलफल गरिनेछ ।      
 



  • प्रकाशित मिति : माघ १३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया