logo-img

कांग्रेसले खोज्यो सरकार बनेपछिका राम्रा काम

आइतबार  बसेको  कांग्रेस संसदीय दलको बैठकले आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दाहरू उठाउने विषयमा छलफल गरेको जनाएको छ । 

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस सांसद रामहरि खतिवडाले सरकार गठन भएपछि गरेका राम्रा कामहरू र सरकारलाई ०८४ सम्म नै  निरन्तरता दिने विषयमा छलफल भएको बताए ।

उनले भने, ‘आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दाहरू उठाउने छ । यो  सरकार  गठन भएपछि गरेका राम्रा कामहरू के के छन्, आर्थिक अवस्थाको  सुदृढीकरण के  हो, राजनीतिक स्थिरता कहाँ पुग्यो आदि विषयमा समीक्षा भएको छ । तीन तीन महिनामा विश्वासको मत लिने पद्धति समाप्त एउटा उत्साहजनक वातावरण सिर्जना गरेको छ । सरकारलाई ०८४ सम्म निरन्तरता दिएर नै जाने गरी छलफल भएको छ ।’ 





  • प्रकाशित मिति : माघ १३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया