राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ ।
बिहान ११ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बोलाइएको बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावली (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावली प्रस्तावमा छलफल गर्ने कार्यसूची रहेको छ ।
सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आबद्धता हुने सम्बन्ध, संसद् अधिवेशन तथा सल्लाहकार परिषद् र केन्द्रीय सङ्गठन विभागमा मनोनयनलगायत एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।