नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तेह्रथुम पुगेका छन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई साथ लिएर सोमबार बिहान तेह्रथुम पुगेका हुन् । तेह्रथुम प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म जिल्ला हो ।
विभिन्न कार्यक्रममा सहभागी हुन तेह्रथुम पुगेका प्रचण्डलाई झाकी तथा बाजाले स्वागत गरिएको थियो । माओवादी अध्यक्ष प्रचण्डले चोत्लुङपार्कको अवलोकन गरेका छन् ।
चोत्लुङपार्कको इतिहासको बारेमा स्थानीयले अध्यक्ष प्रचण्डले अवगत गराएका थिए । यसै गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेह्रथुमको लालीगुराँस २ चोःलुङ पार्क तथा संग्रहालयकोको अवलोकन गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । आठराईमा अध्यक्ष दाहालले बगाले सहिद स्मृति पार्क र जनयुद्ध तथा शान्ति सङ्ग्रहालय भवनको शिलान्यास गर्ने तय भएको नेकपा माओवादी केन्द्र तेह्रथुमले जनाएको छ ।
आज विभिन्न कार्यक्रममा सहभागी भएपछि बेलुका चुहानडाँडा बजारमा बस्नेछन् । पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्किने उनको सचिवालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।