logo-img

दुई संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

आज संघीय संसद्अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज कानुन, न्याय तथा मानव अधिकार समिति बैठक बिहान ८ बजे बस्दै छ ।

बैठकमा सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न गठित उपसमितिको प्रतिवेदन पेस र छलफल हुनेछ । 

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक पनि आज सिंहदरबारमा बस्दैछ । दिउँसो साढे ३ बजे बस्ने बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ ।

यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको स्थगित गरिएको छ ।  दिनको १२ः२५ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । 
 





  • प्रकाशित मिति : माघ १५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया