प्रतिनिधि सभाअन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक आज बस्दै छ । बैठक कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा बिहान साढे ११ बजे बस्दै छ ।
बैठकमा ऊर्जामन्त्री दीपक खड्काले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा सेटिङ गरी प्रतिस्पर्धालाई सीमित बनाएको र सरकारी स्वामित्वका सङ्खुवासभाको किमाथांका अरुण र मुगु कर्णाली आयोजना केही व्यापारीलाई दिन खोजेको विषयमा परेका उजुरीमाथि छलफल हुन लागेको हो ।
जगदुल्लामा मन्त्री खड्काले नै ठेकेदारलाई चेक बाँडेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेकोले रद्द भए पुनः टेण्डर भइसकेको छ । किमाथांका अरुण र मुगु कर्णाली पनि व्यापारीलाई सुम्पने निर्णयबाट ऊर्जा मन्त्रालय पछि हटिसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।