logo-img

भारतको कुम्भमेलामा भागदौड, धेरै व्यक्ति हताहतको आशङ्का [तस्बिरहरू]
‘१५ जनाको मृत्यु, कयौं व्यक्ति घाइते’

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाका क्रममा भागदौड हुँदा धेरै मानिस हताहत भएका छन् ।

समाचार संस्था एएफपीका अनुसार भागदौडमा कम्तीमा १५ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको छन् । यद्यपि प्रशासनले अहिलेसम्म मृतकको संख्याको पुष्टि गरेको छैन ।

भारत सञ्चारमाध्यमका अनुसार बुधबार बिहान मौनी अमावस्या अर्थात् माघ कृष्ण औँसीका अवसरमा अमृतस्नान हुन लागेका बेला उक्त घटना भएको हो । प्रत्यक्षदर्शीका अनुसार भीडले त्यहाँ लगाइएका बार तथा अवरोधलाई तोडेर ठेलाठेल गर्दा उक्त अवस्था निम्तिएको हो ।



प्रयागराज मेला प्राधिकरणकी एक अधिकारी आकाङ्क्षा राणाले पत्रकारसँग कुरा गर्दै केही ठाउँमा भीडलाई व्यवस्थित गर्नका लागि राखिएका अवरोध तोडफोड भएको खबर आएकाले भागदौड निम्तिएको तर अवस्था गम्भीर नरहेको बताइन् । उनका अनुसार घाइतेको उपचार भइरहेको छ ।

कुम्भमेलामा भागदौड, तस्बिर : एएफपी



  ​



 

  • प्रकाशित मिति : माघ १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया