प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरूको सम्झनामा सहिद दिवस मनाइँदै छ । वि.सं २००७ देखि प्रत्येक वर्ष १६ माघमा सहिद दिवस मनाउने गरिएको हो । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएका छन् ।
स्वतन्त्रताको माग गर्दा वि.सं १९९७ मा शुक्रराज शास्त्रीलाई १० माघमा काठमाडौंको टेकुस्थित पचलीमा, १३ माघमा धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई १५ माघमा शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । सहिदको सम्झनामा निर्माण भएका स्मारकमा आज विविध कार्यक्रम भइरहेका छन् ।
काभ्रेपलाञ्चोको पनौती नगरपालिका–८ स्थित लज्जावती मन्दिर क्षेत्रको पार्कमा पनि आज सहिदलाई सम्झिँदैछ । यहाँ सहिद धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द एवं जनआन्दोलन ०६२/०६३ मा सहादत प्राप्त पनौती निवासी सगुन ताम्रकारको प्रतिमा बनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।