logo-img

केपी ओली कप फुटबल फागुन दोस्रो सातादेखि, १० टिमको सहभागिता रहने
फाइल तस्बिर

केपी ओली कप फुटबल प्रतियोगिता आगामी फागुनको दोस्रो सातादेखि हुने भएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी फागुन ११ देखि १९ गतेसम्म सञ्चालन हुने आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष  क्षितिज थेबेले जानकारी दिए । 

उनका अनुसार प्रतियोगितामा अखिल नेपाल फुटबल सङ्घद्वारा सूचीकृत ‘ए’ डिभिजनका क्लब र विदेशी गरी १० टोलीको सहभागिता रहनेछ । 

प्रतियोगितामा उपाधि विजेता टोलीले १५ लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई १ लाख प्रदान गरिने आयोजकले जनाएको छ ।



त्यस्तै, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदयमान खेलाडीले जनही ५० हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् । 

त्यसअघिका खेल सातदोबाटोमा हुने आयोजकले जनाएको छ । 



  • प्रकाशित मिति : माघ १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया