logo-img

काठमाडौंमा जनप्रदर्शनसहितको सभा गर्ने समाजवादी मोर्चाको तयारी

समाजवादी मोर्चाले चैत्र २४ गते देशमा देखिएका वर्तमान समस्याहरूको विरुद्धमा जनप्रदर्शन सहितको सभा गर्ने निर्णय गरेको छ । बुधबार आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले उक्त निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका हुन् । 

उनले भने, ‘देशमा जुन देखिएका समस्याहरू छन् । यसको विरुद्धमा एउटा ठूलो जनप्रदर्शन गरौँ जनप्रदर्शन सहितको काठमाडौंमा सभा गरौँ भन्ने सम्म आइपुगेका छौँ । चैत्र २४ गते जुन ऐतिहासिक दिन छ । त्यो दिनमा काठमाडौंमा भव्य र शानदार रूपमा सम्पन्न गरौँ भन्नेमा पुगेको छौँ ।’ 

यस्तै, चैत्रको पहिलो हप्ता १ देखि ५ गतेभित्र मधेसमा एउटा जनसभा गर्ने पनि निर्णय गरेको उनले जानकारी दिए । त्यस्तै, उनले समाजवादी मोर्चाको विचार नीति र उद्देश्यलाई आम जनतासम्म पुर्‍याउन समाजवादी मोर्चा प्रकाशन गर्ने पनि निर्णय भएको जानकारी दिए ।  





  • प्रकाशित मिति : माघ १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया