logo-img

कमल थापाले प्रचण्डलाई किन लगाए ‘व्यक्ति हत्या’को आरोप ?

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले व्यक्तिगत राजनीतिक स्वार्थ परिपूर्तिको लागि माओवादीले हजारौँको सङ्ख्यामा नेपालीहरूको ‘हत्या’ गरेको आरोप लगाएका छन् । जनयुद्धको बेला १७ हजार जनाको ज्यान गएको थियो । जनयुद्धको नेतृत्व अहिलेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । 

बुधबार ८५ औँ सहिद दिवसको अवसरमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले माओवादीले गरेको ‘व्यक्ति हत्या’मा राष्ट्रियता प्रजातन्त्र र राजसंस्थाप्रति आस्था राख्ने व्यक्तिहरू पनि धेरै ठूलो सङ्ख्यामा सहिद भएको बताए । 

उनले भने, ‘निज राजनीतिक स्वार्थ परिपूर्तिको लागि हजारौँको सङ्ख्यामा माओवादीहरूले व्यक्ति हत्या गरे । त्यो व्यक्ति हत्याको शृङ्खलामा राष्ट्रियता प्रजातन्त्र र राजसंस्थाप्रति आस्था राख्ने व्यक्तिहरू पनि धेरै ठूलो सङ्ख्यामा सहिद भएका छन् । माओवादी आतङ्कको सिकार भएका छन् ।’

अध्यक्ष थापाले देश परिवर्तनको क्रममा ज्यान गुमाउने सहिदहरूलाई सधैँ सम्झिनु पर्ने पनि बताए ।   





  • प्रकाशित मिति : माघ १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया