logo-img

विद्युतको ट्रान्सफर्मर खोलेर धातु चोरी

पोलमा जडान गरिएको विद्युतको ट्रान्सफर्मर खोलेर त्यसभित्रका धातु चोरी गर्ने घटना पछिल्लो समयमा बढ्न थालेको छ । रौतहटको गौर नगरपालिका –१ स्थित दाल मिलको लागि जडान गरिएको  विद्युत् ट्रान्सफर्मर खोलेर भित्र रहेका तामाको धातु चोरी गरी लगेको पाइएको हो । 

११ हजार भोल्ट सप्लाई ट्रान्सफर्मर अज्ञात समूहले तोडफोड गरी भित्र रहेको तामाको क्वाइल चोरी गरेको स्थानीयले बताएका छन् । ट्रान्सफर्मर चोरी भएको घटनाका बारेमा  स्थानीयले प्रहरीलाई खबर गरेपछि घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाइएको रौतहट प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले बताए । उनका अनुसार  ट्रान्सफर्मर चोरीको घटनामा संलग्नहरूको खोजी भइरहेको छ । 

चोरीको प्रकृति हेर्दा विद्युत् सम्बन्धी तालिम प्राप्त व्यक्तिको संलग्नता भएको हुन सक्ने उनको भनाइ छ । ट्रान्सफर्मर खोल्न आधुनिक उपकरणको प्रयोग भएको हुन सक्ने अनुमान गरिएको उनले जानकारी दिए । शङ्कास्पद व्यक्तिहरूलाई खोजी कार्य गर्दै अनुसन्धान अघि बढाइएको उनले बताए  । 

विद्युतको ट्रान्सर्फमरमा महँगो मूल्यको धातु तामा रहने गरेकोले चोर सक्रिय भएको हुन सक्ने स्थानीयको अनुमान छ । यस अघि माधवनारायण र मौलापुर नगरपालिकामा पोलमा जडान गरिएको ट्रान्सफर्मर खोलेर फालिएको अवस्थामा फेला परेको थियो । 



विगत केही वर्ष यता रौतहटमा विद्युत् ट्रान्सफर्मर चोरीको घटना बढ्दै गइरहेको छ । विद्युत् ट्रान्सफर्मर चोरीको घटना बढ्दै गएपछि निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।



  • प्रकाशित मिति : माघ १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया