logo-img

कुम्भमेलामा भागदौड : मृतकको संख्या ३० पुग्यो, ६० जना घाइते

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलामा भागदौड हुँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ । मृतकमध्ये २५ जनाको सनाखत भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

यस्तै, ६० जना घाइते भएका छन् । भागदौडपछि हराइरहेका मानिसहरूको खोजी जारी रहेको उनीहरूका आफन्तले बताएका छन् । कति मानिस हराइरहेका छन् भन्ने ‍औपचारिक विवरण हालसम्म सार्वजनिक भएको छैन । 

भागदौड भएपछि विभिन्न अखडाहरूले औँसीका दिन आयोजना गर्न लागेको विशेष स्नानको कार्यक्रम स्थगित गर्ने निर्णय गरेका थिए । तर, अपरान्ह २ बजेसम्म गङ्गा र यमुना नदीका किनारमा झन्डै पाँच करोड मानिसले स्नान गरेको जानकारी अधिकारीहरूले दिएका थिए ।

बीबीसीका अनुसार घटना भएपछि मेला लागेको ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाकर्मीहरूले भक्तजनलाई सङ्गमतिर नभई नदीको किनारमै स्नान गर्न आग्रह गरेका छन् ।



अधिकारीहरूका अनुसार १३ जनवरीमा कुम्भमेला सुरु भएदेखि अहिलेसम्म झन्डै २५ करोड मानिसले स्नान गरिसकेका छन् । कुम्भ मेलालाई संसारकै सबैभन्दा ठूलो भेला मानिन्छ ।  



  • प्रकाशित मिति : माघ १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया