logo-img

अखिल (क्रान्तिकारी) को अध्यक्षमा विजयप्रकाश सापकोटा निर्वाचित

नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को अध्यक्षमा विजयप्रकाश सापकोटा निर्वाचित भएका छन् ।

उनी हेमन्त राईलाई ७४ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित विजयप्रकाश शर्मा सापकोटाले ६८६ तथा उनका प्रतिद्वन्द्वी हेमन्तले ६१५ मत ल्याए ।  

सापकोटा माओवादीमा उपमहासचिव शक्ति बस्नेत निकट मानिन्छन् । पराजित भएका हेमन्त राई उपमहासचिव जनार्दन शर्मा निकटका हुन् ।

यसअघि महासचिवमा रोशन थापा मगर विजयी भएका थिए । उनले ५९६ मत प्राप्त गरेका थिए ।  
 
उनका निकटतम प्रतिद्वन्द्वी सञ्जयकुमार महतोले ४० मत ल्याए ।  





  • प्रकाशित मिति : माघ १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया