logo-img

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको प्लेअफमा

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको प्लेअफमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न खेलमा बेल्जियमको क्लब बर्गलाई ३–१ ले हराउँदै सिटी च्याम्पियन्स लिगको प्लेअफमा प्रवेश गरेको हो ।

क्लब बर्गविरुद्धको खेलमा सिटी पहिलो हाफमा १–० ले पछाडि थियो । दोस्रो हाफमा उसले उत्कृष्ट कमब्याक गर्दै सानदार जित निकाल्यो । पहिलो हाफको अन्तिम मिनेटमा राफेल न्वाडिकीले गोल गर्दै क्लब बर्गलाई सुरुवाती अग्रता दिलाए ।  

खेलको ५३ औँ मिनेटमा माटेओ कोभासिसले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । ६२ औँ आत्मघाती गोल भएपछि सिटीले २–१ को अग्रता लियो ।  साभिन्होको क्रसलाई जोगाउने ओर्डोनेजको प्रयासमा आत्मघाती गोल भएको हो । 

साभिन्होले ७७ औँ मिनेटमा गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए । सिटीले ८ खेलमध्ये तीनमा जित निकालेर ११ अंकका साथ प्ले अफमा स्थान बनाएको हो ।



यस्तै, समान ११ अंक जोडेको क्लब बर्गले २४ औँ स्थान हासिल गरेर प्ले अफको यात्रा गरेको छ ।  



  • प्रकाशित मिति : माघ १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया