logo-img

नेदरल्याण्ड्सविरुद्ध नेपाल फिल्डिङमा, अलिसा र मनीषाको डेब्यू

त्रिकोणात्मक महिला टी–२० सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको छ । यी दुई टिमबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो । 

आजको खेलमा नेपालको टिमबाट अलिसाकुमारी यादव र मनीषा उपाध्यायले डेब्यू गरेका छन् । नेपाल आज घरेलु मैदानको फाइदा उठाउँदै नेदरल्याण्ड्सलाई हराएर सिरिजमा विजयी सुरुवात गर्न चाहन्छ ।

महिला क्रिकेटमा नेपाल पहिलोपटक नेदरल्याण्ड्ससँग खेलिरहेको हो । नेपालसामु पहिलो भेटमै नेदरल्याण्ड्सलाई हराएर इतिहास रच्ने मौका छ ।  



उता पाहुना टिम नेदरल्याण्ड्स नेपाललाई स्तब्ध पार्न चाहन्छ । महिला क्रिकेटमा तुलनात्मकरूपमा नेदरल्याण्ड्स नेपालभन्दा माथि छ । टी–२० वरीयतामा नेदरल्याण्ड्स १६ औँ र नेपाल २० औँ स्थानमा छ । 

६ महिनापछि नेपालको कमब्याक 

नेपाली महिला टिम ६ महिनापछि मैदान फर्किएको हो ।  नेपालले पछिल्लोपटक गत जुनमा एसिया कप खेलेको थियो । 

उक्त प्रतियोगितामा नेपालले पहिलोपटक भारत र पाकिस्तानसँग खेल्यो, जहाँ नेपाल दुवै खेलमा पराजित भयो । त्यसपछि भने नेपालको महिला टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन । 



नेपाल अब सन् २०२५ मा नेदरल्याण्ड्सविरुद्ध जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । त्यसका लागि नेपालले ब्याटिङ र फिल्डिङमा विशेष काम गर्नुपर्छ । विगतमा नेपाली महिला टिमले खराब फिल्डिङ र ब्याटिङका कारण जित नजिक पुगेका धेरै खेल गुमाएको छ ।

यसपटक नेपालले ती गल्तीलाई सच्याउनुपर्छ । हालै प्रधानमन्त्री कप खेलेकाले खेलाडीले राम्रो अभ्यास पाएका छन् ।    

पूजाले विश्वकपमा चार खेलमा ४.३४ को इकोनमीमा ९ विकेट लिइन् । उनी प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक विकेट लिने बलर बनिन् । साथै, ब्याटिङमा पनि पूजाले ठीकठाक प्रदर्शन गरेकी थिइन् । उनी आफ्नो लय त्रिकोणात्मक सिरिजमा पनि जारी राख्दै नेपाललाई जित दिलाउन चाहन्छिन् ।​

नेपालको प्लेइङ–११ : सीता रानामगर, कविता कुँवर, इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, विन्दु रावल, अलिसाकुमारी यादव, सम्झना खड्का, ईश्वरी विष्ट, पूजा महतो, कविता जोशी र मनीषा उपाध्याय ।  

  • प्रकाशित मिति : माघ १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया