logo-img

शिक्षा समितिको बैठक बस्दै, के छ कार्यसूची ?

संघीय संसद्अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १२ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्न  लागेको हो ।

बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

भवन बनेको लामो समय बितिसक्दा समेत कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउन सकेको छैन ।  लागि साना-ठूला गरी ५१ वटा भवन बनेका छन् । त्यसका लागि २०६८/०६९ सालदेखि नै बजेटको व्यवस्था गर्न थालिएको थियो ।  

गत वर्ष सुदूरपश्चिममा नागरिकस्तरबाट व्यापक आन्दोलन भएको थियो । चर्को आन्दोलनपछि सरकारले मेडिकल विश्वविद्यालय बनाउने निर्णय गरेको थियो ।



तत्कालीन शिक्षामन्त्री अशोक कुमार राईले यो विधेयक राष्ट्रिय सभामा पेस गरेका थिए । २९ माघ २०८० माघमा बसेको राष्ट्रिय सभा बैठकले उक्त विधेयक सर्वसम्मतले पारित गरेको थियो ।

स्वास्थ्यका जनशक्ति स्वदेशमै उत्पादन गरी स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने उद्देश्यले विधेयक ल्याइएको हो । विधेयकमा नेपाल सरकारले चिकित्सा शिक्षा अध्ययन अध्यापन गराउनको लागि चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना र सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ । 



  • प्रकाशित मिति : माघ २०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया