logo-img

घरेलु मैदानमा २-० ले हार्‍यो म्यानचेस्टर युनाइटेड

इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेड २–० ले पराजित भएको छ ।

आइतबार राति ओल्ड ट्राफोर्डमा भएको खेलमा क्रिस्टलको जितमा दुवै गोल जिन फिलिप माटेटाले गरे । उनले पहिलो गोल ६४ औँ मिनेटमा र दोस्रो गोल खेल सकिन एक मिनेट बाँकी रहँदा गरेका हुन् ।  

यो जितपछि क्रिस्टलको ३० अंक भएको छ । ऊ अहिले १२ औँ स्थानमा छ । पराजित युनाइटेड १३ औँ स्थानमा झरेको छ । उसको २४ खेलबाट २९ अंक छ ।  

यस्तै, आइतबार राति सम्पन्न अर्को खेलमा टोटेनहमले बेन्टफोर्डलाई २–० ले हरायो । यो जितपछि टोटेनहमको २७ अंक भएको छ । ऊ अहिले १४ औँ स्थानमा छ । पराजित बेन्टफोर्ड ३१ अंकसहित ११ औँ स्थानमा छ । 





  • प्रकाशित मिति : माघ २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया