इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीविरुद्ध आर्सनलले ५–१ को फराकिलो जित निकालेको छ ।
गएराति इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलको जितमा मार्टिन गोडेगार्ड, थोमस पार्टी, मायल्स लुइस–स्केली, काइ हाभर्टज र इथान एन्वानेरीले समान एक गोल गरे । सिटीका लागि एर्लिङ हालान्डले एक गोल फर्काए ।
खेलको दोस्रो मिनेटमै आडेगार्डले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । ५५ औँ मिनेटमा हालान्डले सिटीका लागि बराबरी गोल फर्काए ।
त्यसको एक मिनेटमा नै पार्टीले गोल गर्दै आर्सनललाई २–१ ले अघि बढाए । स्केलीले ६२ र हाभर्टजले ७६ औँ मिनेटमा गोल गर्दा आर्सनल ४–१ ले अघि बढ्यो ।
इन्जुरी समयमा एन्वानेरीले गोल गर्दै आर्सनललाई ५–१ को सानदार जित दिलाए । यो जितपछि आर्सनलले २४ खेलबाट ५० अंक जोडेको छ ।
दोस्रो स्थानमा रहेका आर्सनल लिभरपुलभन्दा ६ अंकले पछाडि छ । पराजित सिटी २४ खेलबाट ४१ अंकका साथ चौथो स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।