logo-img

थाइल्याण्डविरुद्ध फिल्डिङ गर्दै नेदरल्याण्ड्स, नेपालको खेल भोलि

त्रिकोणात्मक महिला टी–२० सिरिजअन्तर्गत थाइल्याण्डविरुद्ध नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेको छ । यी दुई टिमबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको छ । 

श्रृंखलामा थाइल्याण्ड लगातार तेस्रो जितको खोजीमा छ । उसले पहिलो र दोस्रो खेलमा क्रमशः नेदरल्याण्ड्स र नेपाललाई हराएको थियो । 

यस्तै, नेदरल्याण्ड्स पनि तेस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा नेपाललाई हराउँदा दोस्रो म्याचमा थाइल्याण्डसँग हार बेहोरेको थियो । यस्तै, नेदरल्याण्ड्सले आइतबार नेपाललाई हरायो ।

ऊ आज थाइल्याण्डविरुद्ध पनि जित निकालेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिने योजनामा छ । अंकविहीन नेपाल भने पुछारमा छ । नेपालले अब चौथो खेलमा मंगलबार थाइल्याण्डसँग खेल्ने तालिका छ । 





  • प्रकाशित मिति : माघ २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया