logo-img

फिल्म ‘घरज्वाइँ’ निर्माण समूहले घोषणा गर्यो ‘मितज्यू’

फिल्म ‘घरज्वाइँ’ निर्माण समूहले ‘मितज्यू’ निर्माणको घोषणा गरेको छ । बसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारे जनक घर्ती मगरको लगानी र अनिल बुढा मगरको निर्देशन रहने सिनेमा ‘मितज्यू’ घोषणा गरिएको हो ।

सोमबार सार्वजनिक सिनेमाको पेन्टिङ्ग थिम पोस्टरमा दुई पात्रलाई एक सामान बोकन भ्यान अगाडि हातको पञ्जा जुधाई रहेको अवस्थामा प्रस्तुत गरिएको छ । 

भ्यानको माथि खसी र खसीको टाउकोमा कुखुराको भालेलाई देख्न सकिन्छ । सिनेमाको सार्वजनिक थिम पोस्टरबाट ‘मितज्यू’को कथावस्तु बारेमा जानकारी दिइएको छ । यो वर्ष रिलिज भएको ‘घरज्वाइँ’ बक्सअफिसमा हिट भएपछि सोही टिमले निर्माण गर्न लागेको सिनेमा वर्ष २०८२ को चैत्र २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको छ ।

यो वर्ष ५१ औं दिन मनाउने सिनेमा सूचीमा ‘घरज्वाइँ’ पर्छ । जुन सिनेमाले दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो । सिनेमालाई नेपालमा आरआर फिल्मले वितरण गर्नेछ ।
जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा सिनेमा निर्माण हुनेछ । अर्को वर्षको छायांकन हुने सिनेमामा को–को कलाकार रहने भन्ने निर्माण टिमले सार्वजनिक गरेको छैन ।



केही दिनपछि बाट सिनेमाको कास्ट एण्ड क्रिउको बारेमा जानकारी दिँदै जाने निर्माता जनक घर्ती मगर बताउँछन् । महेश राईको लेखन रहेको सिनेमाका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन् । नोभिस आट्र्सले डिजाइन गरेको पोस्टरको पेन्टिङ्ग पुष्प आले मगरले गरेका हुन् ।  



  • प्रकाशित मिति : माघ २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया