नेपाली अलराउन्डर पूजा महतो दोस्रो संस्करणको आइसिसी यू–१९ महिला विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा समावेश भएकी छन् ।
आइसिसीले घोषणा गरेको १२ खेलाडीमा पूजा पनि समावेश भएकी हुन् । उनी ‘टिम अफ द टुर्नामेन्ट’ टिममा पर्ने एक मात्र एसोसिएट खेलाडी हुन् ।
पूजाले विश्वकपमा अलराउन्ड प्रदर्शन गरेकी थिइन् । उनले विश्वकपको चार खेलमा ७० रन बनाउनुका साथै ९ विकेट लिएकी थिइन् ।
पूजा नेपालका लागि सर्वाधिक रनकर्ता र विकेटकर्ताको सूचीको शीर्ष स्थानमा थिइन् । यद्यपि टिमले भने समूह चरण पार गर्न सकेन । नेपालले समूह चरणमा स्कटल्याण्ड, बंगलादेश र अस्ट्रेलियासँग खेलेको थियो ।
प्लेअफ खेलमा भने नेपालले आयोजक मलेसियालाई पराजित गरेको थियो ।
दोस्रो संस्करणको यू–१९ विश्वकप पनि भारतले जितेको छ । आइतबार भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।