logo-img

सामान्य अंकले बढ्यो नेप्से, ११ अर्ब ८७ करोडको कारोबार

साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से परिसूचक सामान्य अंक बढेको छ । यसअघि आइतबार उच्च अंकले बढेको नेप्से आज भने सामान्य अंकले बढेको हो । 

आज नेप्से परिसूचक २.४१ अंक बढेर २७३०.०० विन्दुमा पुगेको छ। त्यस्तै,  सेन्सेटिभ इण्डेक्स १.२३ अंक बढ्दा फ्लोट इण्डेक्स ०.२९ अंक र सेन्सेटिभ इण्डेक्स ०.५८ अंक बढेको छ । 

सोमबार नेप्से बढेपनि कारोबार रकम भने सामान्य घटेको छ ।

अघिल्लो कारोबार दिन ३३० स्टकको १ लाख ३० हजार ९१३ पटकको कारोबारमा १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँ बराबरको २ करोड ४८ लाख ४८ हजार कित्ता सेयर खरिदबिक्री भएकोमा आज ३१९ स्टकको १ लाख ११ हजार ९१८ पटकको कारोबारमा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँ बराबरको २ करोड ३७ लाख ७० हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।   



आजको कारोबारमा बैङ्किङ शून्य दशमलव ५४, जीवन बीमा शून्य दशमलव ६७, उत्पादन तथा प्रशोधन शून्य दशमलव २७, लघुवित्त शून्य दशमलव १०, म्युचुअल फन्ड शून्य दशमलव ७८, निर्जीवन बीमा शून्य दशमलव ८२ र व्यापार समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छ । 

अरू सबै समूहको उपसूचक घटेको छ । विकास बैङ्क शून्य दशमलव ३९, वित्त एक दशमलव ०७, होटल तथा पर्यटन शून्य दशमलव ०१, जलविद्युत् शून्य दशमलव ४८ र लगानी समूह शून्य दशमलव ४७ प्रतिशतले घटेको हो ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र भूगोल इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक ‘सर्किट’ लागेको छ । त्यस्तै, ग्रिन डेभलपमेन्ट बैङ्क र रिभर फल्स पावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु ३५ करोड ३० लाख ७५ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको छ लाख ३४ हजार ६२० कित्ता शेयर किनबेच भएको छ ।



  • प्रकाशित मिति : माघ २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया