logo-img

थाइल्याण्डको लगातार तेस्रो जित, नेदरल्याण्ड्सलाई १७ रनले हरायो

नेपालमा जारीमा त्रिकोणात्मक महिला टी–२० सिरिजमा थाइल्याण्डले लगातार तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्नेक्रममा थाइल्याण्डले सोमबार नेदरल्याण्ड्सलाई १७ रनले हरायो । 

यस श्रृंखलामा नेदरल्याण्ड्सविरुद्ध थाइल्याण्डको यो लगातार दोस्रो जित हो । उसले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ८ विकेटले हराएको थियो । 

आफ्नो चौथो खेलमा थाइल्याण्डले दिएको ८७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.५ ओभरमा ६९ रनमा अलआउट भयो । उसका लागि कप्तान बाबेट डे लिडेले २५, आइरिस ज्विलिङले १३ तथा क्यारोलिन डे ल्याङ्गेले १० रन जोडे । 

थाइल्याण्डका लागि ओन्निचा कामचोम्फु र थिपाच्चा पुथावाङले सर्वाधिक तीन/तीन विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको थाइल्याण्ड १९.५ ओभरमा ८६ रनमै अलआउट भयो ।



उसका लागि चनिदा सुथिरुङले २७ तथा फन्निता मायाले १२ रन जोडिन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेदरल्याण्ड्सका लागि आइरिस जिविलिङ्ग, इभा लिन्च र सिल्वर सिजर्सले सर्वाधिक दुई/दुई विकेट लिए । 

यो जितपछि जारी श्रृंखलामा थाइल्याण्डले तीन खेलबाट ६ अंक जोडेको छ । ऊ तालिकाको शीर्ष स्थानमा छ । चार खेलबाट चार अंक जोडेको नेदरल्याण्ड्स तालिकाको दोस्रो स्थानमा छ ।

अंकविहीन नेपाल भने पुछारमा छ । नेपालले अब चौथो खेलमा मंगलबार थाइल्याण्डसँग खेल्ने तालिका छ । 



  • प्रकाशित मिति : माघ २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया