logo-img

ईयू, बेलायत र नेटो नेतृत्वबीच प्रतिरक्षा वार्ता, ट्रम्प र पुटिनमाथि नजर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका सहयोगी मुलुकलाई धेरै खर्च गर्न माग गरिरहेका बेला युरोपेली सङ्घका नेता, बेलायतका प्रधानमन्त्री र नेटो प्रमुखबीच यस सम्बन्धमा सोमबार ब्रसेल्समा छलफल भएको छ ।

उनीहरूबीच आक्रामक रुसको सामना गरिरहेको युरोपको प्रतिरक्षा बढाउने प्रयासबारे छलफल भएको बताइएको छ । ब्रसेल्समा भएको भेलालाई ‘ट्रिपल फस्र्ट’ को रूपमा हेरिएको छ ।

अमेरिकी राष्ट्रपतिको शपथपछि पहिलोपटक युरोपेली सङ्घका २७ नेताहरूबीच भेट भएको छ । यो रक्षासम्बन्धी उनीहरूको पहिलो समर्पित वार्ता र ईयूबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) पछि बेलायती प्रधानमन्त्रीसँग पहिलो वार्ता हो । 

करिब तीन वर्षअघि रुसले युक्रेनमाथि चौतर्फी आक्रमण सुरु गरेयता युरोपेली राष्ट्रहरूले आफ्नो सैन्य बजेट बढाएका छन् । तर, मस्कोले आगामी वर्षहरूमा आफैंमाथि आक्रमण गर्न सक्ने चेतावनी बढ्दै जाँदा अधिकारीहरू अझै पनि आफूलाई पर्याप्त मात्रामा हतियारहरू जम्मा गर्न नसकेको स्वीकार्छन् ।



ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनले बहसलाई नयाँ झट्का दिएको छ । युरोपले अब अमेरिकी सुरक्षामा मात्र भर पर्न नहुने अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् ।

ट्रम्पले नेटो राष्ट्रहरूले आफ्नो वर्तमान रक्षा खर्चको लक्ष्यलाई दोब्बरभन्दा बढी अर्थात् जीडीपीको पाँच प्रतिशतमा पुर्‍याएको दाबी गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा रुसको युद्धको शीघ्र अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ट्रम्पले युरोपेली मुलुकहरूलाई किनारा लगाउँदै किएभलाई खराब सम्झौतामा धकेल्न सक्ने आकलनहरू भएका छन् । 

वासिङ्टन युरोपबाट पछि हट्ने सम्भावना मात्र होइन, ट्रम्पको अमेरिकी मित्रराष्ट्रहरूलाई कर वृद्धि गर्ने प्रत्यक्ष चेतावनीले उनीहरूलाई झकझकाएको छ । 



गत साता विभिन्न राजधानीको भ्रमण गरेका डेनमार्कका प्रधानमन्त्रीले ट्रम्पले ग्रीनल्याण्डबारे सार्वजनिक गरेको भनाइलाई लिएर चाहेको भन्ने कुरामा साझा धारणा बनाउने अपेक्षा गरिएको छ । भेलाले ईयूलाई कर वृद्धि लक्षित भएमा ‘दृढतापूर्वक’ जवाफ दिने प्रतिज्ञा गरेको छ ।

रुसको बढ्दो खतरालाई ध्यानमा राख्दै, रक्षामा कदम चाल्नुपर्ने आवश्यकतामा युरोपेली मुलुकहरूले बृहत् सहमति गरेका छन् । तर, समस्या के हो भने उनीहरूलाई वास्तवमा कुन हदको समस्याका लागि तयार बन्ने भन्ने अनिश्चितता छ । 

ईयूका एक अधिकारीले भने, ‘यो छलफलमा सहभागी सबैका लागि के कुरा स्पष्ट छ भने रक्षामा लगानी बढाउनुपर्छ ।’  ब्रसेल्सले आगामी दशकमा रक्षा क्षेत्रमा थप ५०० अर्ब युरो (५१० अर्ब अमेरिकी डलर) लगानी गर्नुपर्ने अनुमान गरेको छ ।  

  • प्रकाशित मिति : माघ २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया