logo-img

माओवादी नेताको कार्य विभाजन, कसले के पाए जिम्मेवारी ?

नेकपा माओवादी केन्द्रले नेताहरूको कार्य विभाजन तोकेको छ । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले नेताहरूको कार्य विभाजन तोकेको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

मधेसमा उपमहासचिव मात्रिका यादवलाई जिम्मेवारी दिएको छ । त्यहाँ यसअघि सचिव लिलामिण पोखरेल इन्चार्ज थिए । 

उनले  भने, ‘प्रदेश नं. १ मा उपमहासचिवमा हरिबोल गजुरेल इन्चार्ज तोकिनु भएको छ । मधेस प्रदेशमा उपमहासचिवमा मातृका यादव, बागमतीमा हितमान शाक्य, गण्डकीमा दिनानाथ शर्मा, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेल तोकिनु भएको छ । विशेष प्रदेशमा जयपुरी घर्ती, प्रवास सार्क समितिमा लक्ष्मण पन्त इन्चार्ज तोकिनु भएको छ । युरोप–अमेरिका अन्तरसमितिमा राम कार्की तोकिनु भएको छ । यसै गरी प्रवास एसिया समितिमा ओम शर्मा तोकिनु भएको छ ।’

बागमती प्रदेशमा इन्चार्जको जिम्मेवारी सचिव हितमान शाक्यलाई दिएको छ । यसअघि उपाध्यक्ष अग्निप्रसाद सापकोटा इन्चार्ज थिए । 





  • प्रकाशित मिति : माघ २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया