शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति प्राप्त नभएका स्थानमा शाखा सञ्चालन गरे सञ्चालन अनुमति रद्द हुन सक्ने चेतावनी दिएको छ ।
मन्त्रालयले सोमबार एक सूचना प्रकाशन गर्दै अनुमति पाएको विषय, क्षेत्र र स्थानबाहेक अन्य क्षेत्रमा शाखा खोली सेवा प्रदान नगर्न कन्सल्टेन्सीहरूलाई चेतावनी दिएको हो ।
स्वदेश वा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूको लागि अनुकूलको शिक्षण संस्था छनोट तथा प्रवेशको लागि तयारी गर्ने प्रयोजनार्थ शिक्षा मन्त्रालयबाट सेवा सञ्चालन अनुमति पाएका संस्थाहरूले 'शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३' बमोजिम सेवा सञ्चालन गर्नुपर्नेमा मन्त्रालयबाट सञ्चालन अनुमति दिएको स्थान भन्दा बाहिर सेवा प्रदान गरिरहेको, अनुमति प्राप्त नभएको स्थानमा शाखा सञ्चालन गरेको जानकारी मन्त्रालयलाई प्राप्त भएको बताइएको छ ।
मन्त्रालयले अनुमति पाएको विषय, क्षेत्र र स्थान बाहेक अनेत्र काम नगर्न निर्देशन दिएको हो । अधिकार क्षेत्रबाहिर गएर काम गरे निर्देशिकाको दफा ६ बमोजिम संस्थाको स्वीकृति रद्द हुन सक्ने मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।