logo-img

तीन संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

मंगलबार तीनवटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिनको १ बजे बस्दै छ ।

बैठकमा ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि दफावार छलफल हुनेछ ।

यस्तै, विधायन व्यवस्थापन समितिको ४२ औँ बैठक पनि आज बस्दै छ । बैठक दिनको साढे १२ बजे सिंहदरबारमा बस्दै छ । 

नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुने बैठकको कार्यसूची रहेको  छ ।



यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६१ औँ बैठक बिहानको ११ बजे बस्दै छ ।

बैठकमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्याको सम्बन्धमा प्रदेश सरकारका वनसँग सम्बन्धित मन्त्रीहरूसँग छलफल गरिनेछ । 
 



  • प्रकाशित मिति : माघ २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया