logo-img

एकैदिन चार संसदीय समितिको बैठक, के-के छन् कार्यसूची ?

संघीय संसद्अन्तर्गत आज चारवटा समितिको बैठक बस्दै छन् । बुधबार कानुन, न्याय तथा मानवअधिकार समिति,  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेका हुन् । 

बिहान ११ बजे बोलाइएको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा यही माघ ११ देखि १६ सम्म समितिले गरेको विभिन्न भन्सार कार्यालयको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवं भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा छलफल हुनेछ ।

छलफलमा अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सरकारी निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागका प्रतिनिधिको पनि उपस्थिति रहने छ ।

यस्तै, साढे १२ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बाँदरको कहर नियन्त्रण सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ ।



यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ मा दफावार छलफल हुनेछ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बोलाइएको छ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्दैछ । दिउँसो १ बजे बस्ने भनिएको बैठकमा नेपालको निर्वाचन प्रणाली सम्बन्धमा निर्वाचन आयोगको धारणा प्रस्तुत गर्ने कार्यसूची छ । 



  • प्रकाशित मिति : १४ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया