logo-img

कान्समा प्रियंकाकाे डेब्यु, गर्भवती भएको चर्चा

प्रियंका चोपडा कान्स फिल्म फेस्टिभलमा डेब्यु गरेकी छन् । रेड कार्पेटमा वाक् गरेपछि उनी पति निक जोनससँग चोपर्ड ज्वेलरी ब्रान्ड पार्टीमा सहभागी भएकी थिइन् । 

कान्सकाे रेड कार्पेटमा देखिएपछि उनी गर्भवती भएकाे चर्चा फेरि सुरु भएकाे छ । 

यी दुई दिन नै प्रियंकाले लगाएको ड्रेसमा उनको बेली फ्याट स्पष्ट देखिएको थियो । उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । उनी गर्भवती भएको चर्चा फेरि फैलिएको छ । योसँगै हलिउड एक्ट्रेसले प्रियंकाको फोटोमा गरेको कमेन्टले समेत यसलाई थप चर्चामा ल्याएको छ ।

प्रियंकाले कान्स लुक आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छन् । यो फोटोमा उनकी नजिककी साथी हलिउड अभिनेत्री ओक्टाभिया स्पेन्सरले कमेन्ट गरेकी छन् – ‘स्टनिंग ममासिटा’ अर्थात् ‘हट मम’ । 

रेड कार्पेटमा प्रियंकाले ब्लयाक र रोज गोल्ड कलरको गाउन लगाएकी थिइन् । यो ड्रेसमा उनको पेट थोरै बाहिर निस्किएको देखिन्छ । चोपर्ड पार्टीमा पुग्दा उनले पर्पल कलरको ड्रेस लगाएकी थिइन्, जसमा पनि उनको बेली फ्याट देखिन्छ । 

योभन्दा अगाडि प्रियंकाको प्रेग्नेन्सीको हल्ला उनकी आमा मधु चोपडाले खण्डन गरेकी थिइन् । 





  • प्रकाशित मिति : जेठ ५, २०७६ आइतबार ९:५७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया