logo-img

भारतीय विदेशमन्त्री जयशंकरका छोराले भने– म कसैको पासपोर्ट बनाउन सक्दिनँ नि !

एजेन्सी– भारतमा नरेन्द्र मोदीले बिहिबार दोस्रो पटक प्रधानमन्त्री पदको सपथ लिए । उनले सपथ लिएपछि अन्य ५७ मन्त्रीले पनि सपथ लिए । त्यसमा सबैभन्दा आश्चर्य त्यति बेला मानियो जब सपथ लिने मन्त्रीमा थिए, एस जयशंकर । सन् २०१५ देखि सन् २०१८ सम्म विदेश सचिव रहेका जयशंकरले विदेश मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

आफ्ना बाबु विदेश मन्त्री बनेपछि छोरा ध्रुव जयशंकरले चाहिँ ट्विटरमा लेखेका छन्, ‘अब मलाई कसैले पनि पासपोर्ट बनाउन सहयोग गर भनेर नभन्नू ।’ उनले भिसाका लागि, पासपोर्टका लागि, विदेशी जेलमा भएको समस्या समाधानका लागि आफूलाई केही नभन्न आग्रह गरेका छन् । साथै लेखेका छन्– मसँग मेरा आफ्नै धेरै समस्या छन् । 

जयशंकरले चाहिँ लोकसभा निर्वाचन लडेका थिएनन् । त्यसैले उनी राज्यसभा सदस्यका हैसियतमा मन्त्री हुनेछन् । उनलाई त प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वासका पात्र मानिन्छ । उनी सन् १९७७ मा आइएफएस अधिकारी बनेका थिए । उनले अमेरिकासँगको परमाणु सम्झौतामा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 





  • प्रकाशित मिति : जेठ १८, २०७६ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया