काठमाडौं– नेपाल विद्यार्थी संघले बिपी स्मृति दिवसको अवसर पारेर तराईमा आएको बाढीबाट पीडित भएका परिवारलाई राहत वितरण गरेको छ । संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा गढीमाई नगरपालिका वडा नम्बर ३ का तीन सय परिवारलाई राहत सामग्री वितरण गरिएको निवर्तम केन्द्रीय सदस्य सुशील भट्टले फरकधारलाई जानकारी गराए ।
मानवीयको नाताले पीडाको घाउमा सानै भए पनि मलम लगाउने उद्देस्यले बाढीपीडितलाई सहयोग गरिएको भट्टले बताए । उनका अनुसार पीडित परिवारलाई चामल, तेल, पाल, लत्ताकपडालगायत सामान प्रदान गरिएको थियो ।
राहत वितरण कार्यक्रममा रौतहट नेपाली कांग्रेसका सभापति कृष्ण यादव, सांसद देवप्रसाद तिमल्सिना, धनलाल ढोकर, स्थानीय जनप्रतिनिधि, विद्यार्थी नेताहरु रामप्रसाद अधिकारी, बलदेव तिमल्सिनालगायत नेता–कार्यकर्ताको उपस्थिति थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।