रेडियो नेपालका पत्रकारलाई पुनर्बहाली गर्न प्रतिपक्षी दलकाे माग

काठमाडौं– प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँणले डोटी र दिपायलमा कार्यरत रेडियो नेपालका पत्रकारलाई पुनर्बहाली गर्न सरकारसँग माग गरेका छन् ।

साेमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा उनले झन्डै एक दशकभन्दा बढी समयसम्म कार्यरत श्रमजीवी पत्रकार प्रकाश बम, सुनिता रावल र चक्र कुँवरलाई हटाइएकाले पुनर्बहाली गर्न माग गरेका थिए ।
    
बैठकमा सांसदहरू तेजुलाल चौधरी, दामोदर भण्डारी, दिलकुमारी, दुर्गाकुमारी विश्वकर्मा, देवप्रसाद तिमल्सिना, नारायणप्रसाद मरासनीले असार २६ गते र त्यसपछिको लगातार वर्षाका कारण पहाडमा पहिरो र तराईमा नदीले हजारौँ रोपनी जमिन मरुभूमितुल्य बनाएकाले बाढीपीडितलाई राहत र खोला नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए  । 

सांसदहरु देवप्रसाद गुरुङले रेञ्जर बटालियन खारेज गर्न, देवेन्द्र पौडेलले राजमार्ग स्तरोन्नति गर्न र नवीना लामाले त्रिभुवन विश्वविद्यालयअन्तर्गत माइक्रोबायोलोजिका विद्यार्थीको माग सम्बोधन गर्न सरकारसँग माग गरेका थिए ।  

यसैगरी सांसदहरु नवराज राउतले कर्णालीको राजधानी सुर्खेतस्थित शिखर शैली मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न, नवराज सिलवालले निजी अस्पताल तत्काल अनुगमन गर्न, नारायणप्रसाद खतिवडाले नुवाकोटकी बेपत्ता नागरिक चिनीमाया तामाङको खोजी गर्न र प्रमिला राईले डेंगु रोग नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।





  • प्रकाशित मिति : भदौ ९, २०७६ साेमबार १६:४९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया