logo-img

नेपाल वायु सेवा निगमलाई अन्तर्राष्ट्रिय मस्ट पपुलर एयरलाइन्स अवार्ड

काठमाडौं– नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय एयरलाइन्स अवार्ड पाएको छ । यसअघि सो अवार्ड थाई एयर र फिन एयरले पाएका थिए ।

एयरलाइन्स क्रिटिज एन्ड ब्लगर एसोसिएसनले सन् २०१९ को ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ नेपाली राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)लाई प्रदान गरेको हो । 

एयरलाइन्स क्रिटिज एन्ड ब्लगर एसोसिएसनका अध्यक्ष टिपियस ग्रोबरका अनुसार चार सय ५० भन्दा बढी एयरलाइन्स ब्लगर, रिभ्युअर, यात्रु र एभियसन पत्रकारको समीक्षाका आधारमा नेपाल एयरलाइन्सलाई सो अवार्ड प्रदान गरिएको हो ।

यो अवार्ड वायुसेवा कम्पनीका कर्मचारीको व्यवहार, उडानका क्रममा क्रु मेम्बरले गर्ने व्यवहार, यात्रु सेवा, इन्फ्लाइट खानाको गुणस्तर, मनोरञ्जन, सुरक्षित सेवा, आरामदायी सिट, मूल्यलगायतका आधारमा  प्रदान गरिन्छ । 

एशोसियसनले विगत चार वर्षदेखि अवार्ड प्रदान गर्दै आएको छ ।





  • प्रकाशित मिति : पुस १, २०७६ मंगलबार १४:२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया