पिपिएलमा ज्ञानेन्द्र मल्लले जोडे ३७ बलमा शतक
फाइल तस्वीर ।

पोखरा– नेपाली क्रिकेट टिमका कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लले पोखरामा भइरहेको पोखरा प्रिमियर लिग (पिपिएल)मा नयाँ घरेलु कीर्तिमान बनाएका छन् । विस्फोटक ब्याटिङ गर्दै ज्ञानेन्द्रले ३७ बलमा नै शतक प्रहार गर्दै कीर्तिमान बनाएका हुन् । 

आज भइरहेको एक्सपर्ट धनगढी र काठमाडौं गोल्डेन वारियर्सबीचको खेलमा ज्ञानेन्द्रले विस्फोटक ब्याटिङ गरेका हुन् । ज्ञानेन्द्र काठमाडौं गोल्डेनका कप्तानसमेत हुन् । उनले शतक प्रहार गर्न ३७ बलमा ८ छक्का र ९ चौका प्रहार गरे ।

चौथौं नम्बरमा ब्याटिङ गर्न क्रिजमा उत्रिएका ज्ञानेन्द्र शतक प्रहार गरेपछि चाहिँ पेभेलियन फर्किए । उनी कमल सिंह ऐरीको बलमा आउट भएका हुन् । ज्ञानेन्द्रको विस्फोटक ब्याटिङ सँगै काठमाडौंले १ सय ८५ रनको विशाल स्कोर खडा गरेको छ । 

यसअघि दुई खेल हारेको काठमाडौंले यसपटक सबैभन्दा राम्रो स्कोर गरेको नै यो पहिलो पटक हो । 





  • प्रकाशित मिति : पुस २, २०७६ बुधबार ११:४७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया