काठमाडौं– प्रतिनिधिसभाले ‘संघ प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
यही फागुन १५ गते गणपूरक संख्या नपुगेका कारण निर्णयार्थ प्रस्तुत हुन नसकेको उक्त प्रस्ताव आज प्रस्तुत गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्वाहाङ्फेले उक्त विधेयक प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्तावलाई
सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।