जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाले कोरोना महामारीविरुद्धको अभियानमा प्रत्यक्ष रुपमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न दैनिक एक हजारको भत्ताको व्यवस्थापन गरेको छ ।
स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार नगरपालिकाले कार्यपालिकाको निर्णय गरी दैनिक भत्ताको व्यवस्थापन गरेको हो ।
त्यसैगरी नगरपालिकाले पालिकाको सिमानामा पर्ने कर्णाली राजमार्गअन्तर्गत गमगाडमा हेल्थ डेस्क स्थापना गरेको छ ।
अन्य गाउँपालिका र जिल्ला बाहिरबाट आउने नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेस्क स्थापना गरिएको जनस्वास्थ्य निरीक्षक महतले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।