logo-img

रुपन्देहीमा एकै परिवारका ९ जना संक्रमित, सबै भारतबाट आएका

बुधबार नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या थपिएसँगै नेपालमा कूल संक्रमितको संख्या २ सय ४३ पुगेको छ । यीमध्ये रुपन्देहीमा मात्र आज १० जनामा कोरोनाभाइरुस संक्रमण देखिएको छ । यीमध्ये ७ जना पुरुष हुन् र तीन जना महिला । उनीहरु सबै भारतको मुम्बईबाट लकडाउनमा नेपाल फर्किएको पाइएको छ । 

उनीहरु नेपाल आएसँगै स्थानीय तहले बनाएको क्वारेन्टाइनमा चाहिँ बसेका थिए । 

रुपन्देहीका यी १० जनामध्ये ९ जना एकै परिवारको भएको खुलेको छ । यो क्वारेन्टाइनमा अन्य ४२ जना पनि थिए । 

अब प्रदेश ५ मा मात्र कोरोनाभाइरस संक्रमितको संख्या ९३ पुगेको छ । यीमध्ये सबैभन्दा धेरै कपिलवस्तुमा ३८ जना रहेका छन् ।





  • प्रकाशित मिति : वैशाख ३१, २०७७ बुधबार २२:४७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया