बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाभाइरसको भ्याक्सिनको विषयमा कोष निर्माण गर्नका लागि ४ जुनमा एक भर्चुअल सम्मेलनको आयोजना गर्ने बताएका छन् ।
उनले अहिले विश्व कोरोना महामारीसँग लड्न लागिरहेको र यसका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको पनि बताएका छन् ।
उनले अहिले कोरोनाको भ्याक्सिन निर्माण हुन लागिरहेको र बेलायतले एउटा भर्चुअल सम्मेलन गर्ने पनि बताएका छन् ।
अब विस्तारै बेलायतमा लकडाउन खोल्दै जाने र १ जुनबाट साना बालबालिकाका लागि स्कुल खोल्ने पनि उनले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।