काठमाडौं– सोमबार पर्यटन बोर्डले आयोजना गरेको भर्चुअल मिटिङका क्रममा पर्यटनमन्त्री योगेश भट्टराईले सम्बोधन गर्न लाग्दा पोर्न भिडियो बजेपछि असामान्य परिस्थिति सिर्जना भएको थियो ।
पर्यटन बोर्डले मिटिङका क्रममा ह्याक भएर असामान्य परिस्थिति सिर्जना भएको भन्दै क्षमा मागेको छ । बोर्डले पर्यटन क्षेत्रको व्यवसाय सञ्चालनका लागि बनेको निर्देशिका जारी गर्न मिटिङ आयोजना गरेको थियो ।
मिटिङका दौरान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सम्बोधन गर्ने क्रममा पोर्न भिडियो बजेको थियो । घटना कसरी भयो भन्ने सम्बन्धमा बोर्डले छानविन प्रक्रिया अघि बढाइसकेको उल्लेख गरेको छ ।
जुम मिङिका क्रममा ‘ह्यारिस’ नामको आइडीबाट यस्तो गतिविधि भएको थियो । पर्यटनमन्त्रीले सम्बोधन गर्दैगर्दा वेबिनारमा पोर्न भिडियो देखिएको थियो । भिडियो बजेलगत्तै एडमिनले भिडियो काटेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।