logo-img

बार्सिलोना घरेलु मैदानमा एथ्लेटिकोसँग बराबरीमा रोकियो

स्पेनिस ला–लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोना र एथ्लेटिको म्याड्रिडले २–२ को बराबरी खेलेका छन् ।

घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा कप्तान लियोनल मेसीले १ गोलको योगदान दिँदा बार्सिलोनाले अर्को गोल भने उपहारस्वरुप पाएको थियो । पाहुना टोलीका लागि दुबै गोल साउल निगुरेजले गरेका थिए ।

खेलको ११ औं मिनेटमा नै डिएगो कोस्टाको आत्मघाती गोलको मदतमा बार्सिलोनाले अग्रता लिएको थियो । मेसीको कर्नर किकलाई कोस्टाले हेडमार्फत क्लियर गर्न खोज्दा आप्mनै पोस्टमा गोल गर्न पुगेका थिए ।

खेलको १९ औं मिनेटमा एथ्लेटिकोले पाएको पेनाल्टी सदुपयोग गर्दै साउलले गोल गरेर बराबरीमा ल्याएका थिए ।

अर्टुरो भिडालले यानिक कारास्कोलाई डि–बक्सभित्र लडाएपछि एथ्लेटिकोले पेनाल्टीको अवसर पाएको थियो । कोस्टाको पेनाल्टीलाई बार्सिलोनाका गोल रक्षक टेर स्टेगनले रोेकेका थिए । यद्यपि, पहिले नै लाइन पार गरेको भन्दै रेफ्रिले भिएआरकोे मद्दतमा अमान्य घोषणा गरेका थिए । दोस्रो पटक पाएको मौकालाई साउलले गोलमा परिणत गरेका थिए ।

खेलको ५० औँ मिनेटमा फिलिपेले नेल्सन सेमेडोलाई डि–बक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई कप्तान मेसीले सदुपयोग गर्दै घरेलु टोलीलाई पुनः अग्रता दिलाएका थिए ।



यो गोल मेसीको करियरको ७०० औं गोल पनि हो ।

६२ औँ मिनेटमा सेमेडोले कारास्कोलाई डि–बक्सभित्र लडाएपछि पाएको पेनाल्टी सदुपयोग गर्दै साउलले नै पाहुना टोलीलाई बराबरीमा ल्याएका थिए ।



बराबरीसँगै बार्सिलोनाले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । यसले पहिलो स्थानको रियल म्याड्रिडलाई अंक दुरी बढाउने अवसर मिलेको छ ।

यदि बार्सिलोनाले जित निकालेको भए ७२ अंकको साथ शीर्र्ष स्थानमा उक्लिने थियो । तर बराबरीसँगै उ ३३ खेलबाट ७० अंकका साथ दोस्रो स्थानमा यथावत छ, जुन एक खेल कम खेलेको रियलको भन्दा १ अंक कम हो ।

एथ्लेटिको पनि समान खेलबाट ५९ अंकको साथ तेस्रो स्थानमा कायम छ ।

गएराति नै भएका अन्य खेलमा सेभिल्लाले लेगानेसलाई ३–० ले पराजित गर्दा  मालोर्काले सेल्टा भिगोमाथि ५–१ को सानदार जित निकाल्यो ।

  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया