काठमाडौं– विश्व बैंकले नेपाललगायत तीन सार्क राष्ट्रका लागि नयाँ राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । विश्व बैंकका तर्फबाट नेपाल, माल्दिभ्स र श्रीलंकाको नेतृत्वका लागि अमेरिकी नागरिक जर्भोस नियुक्त भएका हुन् ।
बुधबारदेखि नै लागू हुने गरी उनलाई नियुक्त गरेको विश्व बैंकले जनाएको छ । जर्भोसले करिब ५ अर्ब ५० करोड अमेरिकी डलर बराबरको चालू कार्यक्रमको नेतृत्व गर्ने गर्नेछन् । यसअघि जर्भोस नेपालका लागि विश्व बैंकका राष्ट्रिय प्रबन्धक थिए ।
यसअघि उनले मलेसिया र बोलिभियामा पनि राष्ट्रिय प्रबन्धकको रूपमा काम गरिसकेका छन् । उनले खाडी सहकार्य राष्ट्रहरूमा प्राविधिक सहकार्य प्रबन्धकका रूपमा, इराकमा मिसन प्रमुखका रूपमा र वेष्ट बैंक र गाजा क्षेत्रमा सञ्चलन प्रबन्धकका रूपमा काम गरिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।