काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६० जना सहसचिवको सरुवा गरेको छ ।
बुधबार मन्त्रालयले ६० जना सहसचिव वा सो सरहका कर्मचारीहरुको काजसरुवा गरेको हो ।
पछिल्लो सरुवामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्ट पनि परेका छन् ।
विष्टको सरुवापछि उनको ठाउँमा दामोदर रेग्मीलाई ल्याइएको छ ।
मन्त्रालयले विष्टलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरुवा गरेको हो ।
को कहाँ पुगे ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।