logo-img

पूर्वमन्त्री अफताब आलमसम्बन्धी मुद्दाको फाइल मगाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमसम्बन्धी मुद्दाको फाइल मगाउन आदेश दिएको छ । प्रतिनिधिसभाका निलम्बित सांसद आलम इट्टाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा छन् । 

सर्वोच्चले आइतबार आलमको मुद्दाका सम्बन्धमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेश (कैफियत प्रतिवेदन) मगाउने आदेश दिएको हो । 

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले दिएको आदेशमा जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउनुको आधार र कारण माग गरेको छ । 

जिल्ला अदालत रौतहटले २०७६ कात्तिक २९ गते आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो ।

आलमले जेलभित्र कोरोना सङ्क्रमणको जोखिम भएको उल्लेख गर्दै गत भदौ ३१ गते रिहाइको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सोही निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले सो आदेश जारी गरेको हो । 





  • प्रकाशित मिति : असोज ४, २०७७ आइतबार २०:५९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया